सोमवार, मंसिर २३, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • एक हप्तामा सबै परिणाम आइसक्छ– प्रमुख निर्वाचन आयुक्त
फिचर न्युज 1

एक हप्तामा सबै परिणाम आइसक्छ– प्रमुख निर्वाचन आयुक्त

  • ishwor शुक्रबार, बैशाख ८, २०७४

काठमाडौँ, जेठ ३ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताउनुभएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले आज यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन प्रारम्भिक समीक्षामा उहाँले सो कुरा बताउनुभएको हो ।

मतगणना गर्ने मिति र स्थान तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिएकाले आयोगले मतगणनामा हस्तक्षेप गर्न नमिल्ने जनाउँदै उहाँले मतगणनाको

लागि आवश्यक जनशक्ति र आर्थिक व्यवस्थापनको पाटोमा भने आयोगले आवश्यक व्यस्थापन गरिरहेको जानकारी दिनुभयो ।

निर्वाचनको अघिल्लो दिनसम्म पनि मतगणना नै एक महिनापछि गर्नुपर्छ भनेर चर्काे दबाब खेप्नुपरेको घटनाको स्मरण गराउँदै उहाँले भन्नुभयो– “एक साताभित्रै सबै परिणाम घोषणा हुन्छ, तपार्इंहरु किन आत्तिनु भएको हो ।”

संबन्धित: पाल्पामा गर्भपतन गराउनेको सङ्ख्या बढ्यो
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्रीको व्यवस्थापन आयोगले गरिसकेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो–“मतपत्र ठूलो हुनु भनेको राजनीतिक कारणले हो” जिल्लामा दर्ता भएका राजनीतिक दलको सङ्ख्याको आधारमा निर्वाचनमा यति जना उम्मेदवार होलान् भन्ने अनुमान गरेर मतपत्रको छपाइ भएको हो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त एवम् नियोकका अध्यक्ष सूर्यप्रसाद शर्माले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक सहभागितामा भए पनि निर्वाचनमा हुनसक्ने घटनाको बारेमा जानकारी लिने सुरक्षा अनुसन्धानको पाटो कमजोर देखिएको टिप्पणी गर्नुभयो ।

संबन्धित: माओवादी केन्द्र VS एमाले झडपमा एकको मृत्यु
नागरिक समाजका अग्रज एवम् जियोकका अध्यक्ष हिमालयशमशेर राणाले निर्वाचनलाई शान्तिपूर्ण तुल्याउन मतदाता र राजनीतिक दलले सहयोग पु¥याएपनि त्यसअनुसारको मतगणना व्यवस्था चुस्त हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो– “कतिपय स्थानमा मतदान गर्ने स्थल अत्यन्त सानो रहेको तथा ठूलो आकारको मतपत्र भएकाले मतदातामा अलमल जस्तो देखिन्थ्यो । यद्यपि मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमै भएको छ ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक एवम् जियोकका सदस्य सचिव कृष्णमान प्रधान र नियोकका महासचिव गोपाल सिवाकोटीले आगामी निर्वाचनमा मतदातामैत्री मतपत्र बनाउनुपर्ने तथा दू्रतगतिमा मतपरिणामको नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई सुझाव दिनुभयो ।

संबन्धित: अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मार्च पास
सङ्कल्प नेपालकी अध्यक्ष लिली थापाले यसपटकको स्थानीय तहको निर्वाचनमा महिला मतदाताको निकै उत्साहजनक रुपमा सहभागिता रहेको टिप्पणी गर्नुभयो ।

निर्वाचनको पर्यवेक्षण गरेका ती संस्थाले आसन्न निर्वाचनमा निर्भयपूर्वक सञ्चालन गर्न सुरक्षा संवेदनशील क्षेत्रको आँकलन गरी विशेष सुरक्षा व्यवस्था मिलाउन तथा आचारसंहिताको पालनामा देखिएका कमजोरीलाई सम्बोधन गर्न राजनीतिक दल र उम्मेदवार जवाफदेही बन्नुपर्ने सु्झाव दिएका छन् ।

पर्यवेक्षक संस्थाबाट राजनीतिक दल र उम्मेदवारले मौन अवधिमा पनि मतदातालाई आकर्षित गर्ने तथा सामाजिक सञ्जालसमेत अनुशासित बन्न नसकेको प्रतिवेदन प्रस्तुत भयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
मन्त्रिपरिषद्ले गरेका १४ निर्णय

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि जिङ् फिङको नेपाल भ्रमणको दुबै देशका तर्फबाट उच्च प्राथमिकता साथ तयारी भैरहेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताएका छन् ।

नेपाल

  • २ महिना अघि
हिपत खबर
अर्थनीति
लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका छन्।

‘लगानीको निम्ति

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
ग्यासको मूल्य सरकारले घटायो व्यवसायीले घटाएन ?

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
विदेशमा बसेर नेपाली बैंक ह्याकिङ गर्ने योजना बनेको खुलासा

काठमाण्डौ । कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र

  • ३ महिना अघि
हिपत खबर
समाचार
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैँसम्म मनसुन रहने !

काठमाण्डौ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

जल तथा

  • ३ महिना अघि
हिपत खबर
अर्थनीति
खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाण्डौ । अर्थमन्त्री डा।युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैंमा बाहिरिने यात्रुका लागि ‘नागरिक सहायता कक्ष’ शुरु

काठमाण्डौ । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार

  • ३ महिना अघि
हिपत खबर
समाचार
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको

  • ३ महिना अघि