आइतवार, मंसिर २२, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • असोजमा पाक्ने र गरिब पाल्ने धान हो, कुन धान दिवस मनाऔ
फिचर न्युज 1

असोजमा पाक्ने र गरिब पाल्ने धान हो, कुन धान दिवस मनाऔ

  • ishwor बुधबार, अशोज ३, २०७५

त्रिविक्रम कुँवर

भोलि असोज ३ गते संविधान नामको धान दिवस मनाईदैछ तर एकताका कोरिया चामल निर्यात गर्ने कृषि प्रधान देश नेपाल प्रजातन्त्र आए देखि लोकतन्त्र आईपुग्दा सम्म चामल बंगलादेशबाट आयात गर्ने अवस्थामा पुगेकोछ तर पनि हाम्रा नेताहरु गमलामा धान रोपेर गर्बका साथ भन्छन नेपाल कृषि प्रधान देश।

 

नेपालमा कति आधुनिक धान ?, कति परंरागत धान ?, कति जंगली धान ?, कति खाएर वा नखाई पनि जिउमा लाग्ने धान ?, कति खाएर पखला लाग्ने धान ?, कति नेताहरुले

मात्र खाने धान ?, कति व्यापारी,उद्योगपतीले मात्र खाने धान ?, कति सर्बसाधारणले खाने धान ?, कति श्रमिक, निमुखा, गरिब जनताले खाने प्रजातिका धानहरु छन तर नेताहरु र केही बिदेशी भाडाका टट्टुहरु मच्चिमच्ची भन्दैछन असोज ३ गते सबैधान दिवस मनाऔ।

 

हो असोजमा धान काट्ने बेला हुदैछ तर ३ गते नै मनाउनु पर्ने कुन जातको धान हो ? यसले कति फसल दिन्छ ? अहिले सम्म कति गरिब नेपालीको एक छाक पेट भर्‍यो ? यो धान लगाउन थाले देखि कति जना नवधनाड्य जन्मिए ?, यो धानको प्रतिफत नर्बेली बैंक सम्म पुगेर ३५ अर्ब बसेको भन्ने यहाले पनि सुन्नुभएकै होला त्यो त्यहाका गरिब जनतालाई बाड्न दान दिएको हो कि उतै भिख मागेर थन्क्याएको हो ? अब रोप्ने धान राख्ने भकारी दलका आसेपासेलाई मात्र हो कि गरिब जनतालाई पनि ? नछुट्याई सबैधान दिवसको नारा दिएर असोजको सुरुवात मै राज्यको ढुकुटी रित्याउने गरि मनाउन मिल्छ ?

 

भारतको लगानी र पश्चिमाहरुको निर्देशनमा २०५२ सालमा रोपाई सुरु गरेर २०६३ साल सम्म बिदेशी जेटिएहरु ल्याएर माओवादीले गरेको जंगली धानले फसल दिन नसके पछि २०६३ सालमा पश्चिमा ईसा जातको धान नेपाल भरी मौलाएको बाहेक अन्य जातको धान कसैले देख्नुसम्म भएको छ भने पनि जानकारी गराई दिनुहोला हैनभने गरिब जनताले ईच्छा अनुसार पेट आघाउने गरि भात खान पाएको अनुभुती गरेको दिनलाई मात्र संविधान दिवस मनाऔ नेताहरुका बिदेशी प्रभुको आदेशमा बिना अर्थको सबैधान दिवस मनाउनुको कुनै अर्थछैन ।

 

नेपाल बिश्वमा एउटा यस्तो ईतिहास बनाएको देश जहाँ सबैधान सभा नै २/२ चोटि गठन गराईयो अर्बौ कुम्ल्याईयो र नव धनाड्री जन्माएर बिदेशी बैकमा सम्पत्ती थुपारियो। चप्पल पड्काउने नेता रातारात प्राडो गाडी चढ्ने बने भिख माग्ने हजुरिया कार्यकर्ता अथाह सम्पत्तिका मालिक भए तर सिद्धान्तमा हिड्ने नेता(कार्यकर्ता र जनता झनझन गरिब बन्दै गए अभाबको जिन्दगी जिउदै गए अझै आभाब मै छन अँध्यारो जिन्दजी जिउन संघर्षरत छन। अवसरवादी नेताकार्यकर्ताले त ूसबैधानू दिवस मनाउलान तर अभाबको जिन्दगी बाचिरहेका जनताले कुन ूधानू दिवस मनाउने अन्योलमा छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
बिचार
मौद्रिक नीतिले बैंक ‘मर्जर’लाई कति सघाउँछरु

राजु नेपाल

आर्थिक वर्ष २०७६-०७७ को बजेट आयो, बैंक मर्जरको हल्ला ल्यायो। मौद्रिक नीतिमा के आउला भनेर बैंकिङ क्षेत्रले कुर्‍यो। अहिले मौद्रिक नीति पनि आइसकेको छ।

अब छलफल र निश्कर्ष निकाल्ने बेला भयो-के मौद्रिक नीतिले बैंक

  • ४ महिना अघि