विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक छः मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेको बताएका छन् ।
शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले उनले विज्ञान र प्रविधिलाई जीवनका सबै क्षेत्रमा पु¥याउन र यसको विकास गर्न नसके समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए ।
परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण तथा सुरक्षित उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्ने विषयक कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा न्युक्लिएरको रिसर्च सेन्टर खोल्नुपर्ने आवश्यकता रहेको बताए । रेडियो आईसोटप्सहरु नेपालमा नैं उत्पादनगरी स्वास्थ्य लगायतका क्षेत्रमा प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।
कृषिमा, उद्योगमा, जीवनका अन्य पक्षहरुमा र राष्ट्रिय सुरक्षामा न्युक्लिएर प्रविधिको प्रयोग गर्न ऐन नभई अगाडी बढ्न नसक्ने उनको भनाई थियो । उनले न्युक्लिएर ऐन पास गरेर यस संग सम्बन्धित नियमाक निकाय तुरुन्तैं गठन गरेर अघि बढ्न सुझाव दिए । पारमाणविक प्रविधिको उपयोग सम्बन्धी विधेयक संसदको आगामी हिउँदे अधिवेशनमा पेश गर्ने उनको भनाई थियो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धी ऐन आइसकेपछि स्वास्थ्य क्षेत्रमा थप सुधार हुने र नियमन गर्न पनि सहज हुने धारणा व्यक्त गरे ।
आईएईएका संयोजक शोता कामिसिमाले परमाणु प्रविधिको विश्वभर भइरहेको प्रयोगका सम्बन्धमा प्रस्तुति दि“दै एजेन्सीको स्थापना, उद्देश्य र कामका बारेमा प्रकाश पारेका थिए ।
पारमाणविक प्रविधि र रेडियोधर्मी पदार्थको सुरक्षित र शान्तिपूर्ण प्रयोगबाट दिगो बिकासको लक्ष्य हासिल गर्न सघाउ पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसिले जानकारी दिए । सन् १९७० मा लागू भएको आणविक अप्रसार सन्धिको नेपाल सोही बर्ष पक्ष राष्ट्र भएको थियो भने २००८ मा नेपालले आईएईएको सदस्यता लिएको हो ।
विधेयक पारित भएस“गै स्वास्थ्य, कृषि, उद्योगलगायत क्षेत्रमा परमाणु प्रविधिको प्रयोग सहजरूपमा बढाउन सकिने उनीहरुको भनाई थियो ।
कार्यक्रममा कानून, न्याय तथा संसददीय मामिला मन्त्रालयका सहसचिव लीला गडतौलाले ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ का बारेमा जानकारी गराएका थिए ।
कानूनको अभावमा नेपालले धेरै क्षेत्रमा परमाणु प्रविधि भित्र्याउन र प्रयोग गर्न सकेको छैन । यससम्बन्धी ऐन बनेपछि प्रयोग बढाउन सहज हुने र प्रयोगका क्षेत्रमा नियमन गर्न छुट्टै निकाय गठन गर्न सकिने छ । कृषिको उत्पादकत्व बढाउन, अनुसन्धान गर्न, खाद्यान्नलाई सुरक्षित राख्न, खानी पत्ता लगाउन, पूर्वाधार निर्माणमा सहजताका लागि पनि परमाणु प्रविधिको प्रयोग गर्न सकिने यस क्षेत्रका जानकारको भनाइ छ ।

मा प्रकाशित !