अश्लील वेभसाइट बन्द गर्दै मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । अश्लील एवं यौनसम्बन्धित सामाग्रीले समाजमा विकृती ल्याएको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त्यस्ता तीन लाख वेभसाइट बन्द गरिने जानकारी गराएका छन् ।
बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आइतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले यस्तो जानकारी गराएका हुन् । उनले धमाधम यस्ता अश्लील एवं यौनसम्बन्धित वेभसाइटहरु सरकारले बन्द गरिरहेको जनाए । उनले भने, ‘पच्चीस लाख अश्लील वेभसाइट बन्द ग¥यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ ।’
अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले सरकारले त्यसमा बन्देज लगाउनु परेको उनको धारणा थियो । उनले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न पनि अश्लील वेभसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै मुलुकभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्ररुपमा काम गरिरहेको बताए । उनले भने, ‘एक वर्षभित्र १५० गाउँपालिकामा पूर्णरुपमा र ६९ गाउँपालिकामा आंशिक रुपमा इन्टरनेट सेवा पु¥याइनेछ ।’ टेलिकम कुनाकन्दरामा बसेका नेपाली नागरिकसम्म पुग्ने र यो कार्य सरकारको दायित्वसमेत भएको मन्त्री बाँस्कोटाले बताए । आउँदो वर्ष नेपाल टेलिकमको ‘चित्र’ भिन्न रुपमा प्रस्तुत हुने भएकाले टेलिकमको सेवा लिन उनले आग्रह गरे । टेलिकमको महसुल सस्तो छ, सकारात्मक वेभसाइट खोल्नुस् भन्दै उनले ज्ञानवद्र्धक कुरा लिनुस् र भरपुर मनोरञ्जन लिन समेत आग्रह गरे ।
नेपाल टेलिकमलाई ‘आमा’को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले टेलिकमलाई एकछिन घुक्र्याए पनि त्यही चाहिने भइसकको बताए ।
नेपाल टेलिकमका महाप्रबन्धक सूर्यभक्त पोखरेलले टेलिकमले स्मार्ट स्कूल बनाउने योजना बनाइरहेको बताए । टेलिकमको बनेपा शाखाअन्तर्गत बेथानचोकमा विस्तार गरिएको टेलिफोन एक्सचेन्ज काभे्रपलाञ्चोकको १७औँ हो । मन्त्री बाँस्कोटाले बेथानचोक गाउँपालिका–३ महा“कालस्थित कृष्णगोपाल माध्यमिक विद्यालयको ५२औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै सरकारले एक वर्षमा ९०० सामुदायिक विद्यालयमा इन्टरनेट सुविधासहित कम्प्युटर ल्यावको स्थापना गर्ने बताए ।

मा प्रकाशित !