बिहिबार, कार्तिक १३, २०७७
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • ३० वर्षपछि अष्ट्रियाका विदेशमन्त्री नेपाल आउँदै
प्रदेश १

३० वर्षपछि अष्ट्रियाका विदेशमन्त्री नेपाल आउँदै

  • ishwor बुधबार, फाल्गुन ८, २०७५

काठमाडौँ । ३० वर्षपछि अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा भोली काठमाडौँ आउने भएका छन्।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आउन लागेका हुन्। अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो। भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ।

दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता

भरतराज पौडेलले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री किनाइसलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै उनी परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछन्।

उक्त प्रतिनिधिमण्डलमा पाँच पत्रकारसमेत छन्। नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा नेपालको प्रचारप्रसार गर्न अष्ट्रियाली सञ्चारकर्मीबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
मन्त्रिपरिषद्ले गरेका १४ निर्णय

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि जिङ् फिङको नेपाल भ्रमणको दुबै देशका तर्फबाट उच्च प्राथमिकता साथ तयारी भैरहेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताएका छन् ।

नेपाल

  • १ year अघि
हिपत खबर
अर्थनीति
लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका छन्।

‘लगानीको निम्ति

  • १ year अघि
हिपत खबर
मुख्य खबर
ग्यासको मूल्य सरकारले घटायो व्यवसायीले घटाएन ?

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको

  • १ year अघि
हिपत खबर
मुख्य खबर
टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको

  • १ year अघि
हिपत खबर
मुख्य खबर
विदेशमा बसेर नेपाली बैंक ह्याकिङ गर्ने योजना बनेको खुलासा

काठमाण्डौ । कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र

  • १ year अघि
हिपत खबर
मुख्य खबर
दशैँसम्म मनसुन रहने !

काठमाण्डौ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

जल तथा

  • १ year अघि
हिपत खबर
अर्थनीति
खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाण्डौ । अर्थमन्त्री डा।युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी

  • १ year अघि
हिपत खबर
मुख्य खबर
दशैंमा बाहिरिने यात्रुका लागि ‘नागरिक सहायता कक्ष’ शुरु

काठमाण्डौ । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार

  • १ year अघि
हिपत खबर
मुख्य खबर
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते हुने

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुनेछ ।

यसबाहेक

  • १ year अघि
हिपत खबर
प्रदेश १
टीकापुर घटनाका विषयमा छलफल भएको छ : अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनाका विषयमा छलफल भएको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा थारू कल्याणकारी सङ्घ सुनसरीले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै उनले भने, “आदिवासी

  • १ year अघि