सोमवार, कार्तिक १०, २०७७
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • पूरक परीक्षा सबैले दिन पाउने
फिचर न्युज 1

पूरक परीक्षा सबैले दिन पाउने

  • हिपत खबर मङ्लबार, साउन ७, २०७६
file Photo

प्रकृति अधिकारी

 

काठमाडौँ । परीक्षा नियन्त्रण कार्याललय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ ।
गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक गरेको थियो । यद्यपि ‘माथिको आदेश’मा सूचना परिमार्जन गर्नुपरेको पनिकाका पदाधिकारीहरूले बताएका छन् । पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन

पाइन्छ । नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पूरक परीक्षाको मर्म नै बढीमा दुई विषयसम्म पुनः परीक्षा दिन पाउने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “त्यसैअनुरूप सूचना प्रकाशित गरेका थियौँ । माथिबाट सबै विषयमा परीक्षा गर्नू भनियो । यो पूरक परीक्षाको मर्म नै होइन । यसले प्रवेशिकाको स्तरलाई कमजोर तुल्याउने छ । ” हालै प्रकाशित २०७५ सालको एसईई परीक्षाको नतिजा लाजमर्दाे छ । यसलाई ढाक्न शिक्षा मन्त्रालयले नै सबै विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था गराएको शिक्षाविद्हरूको आशङ्का छ ।
पनिकाले साउन २६ र २७ गते पूरक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । पछिल्लो निर्णयअनुसार आगामी भदौ १ देखि ११ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिनेछ । पनिकाका अनुसार सी वा सीभन्दा कम ग्रेड ल्याएका परीक्षार्थीहरू तीन लाख ६० हजार छ सय छन् । ती सबैले परीक्षा दिनेछन् भन्ने मान्यताअनुरूप परीक्षाको व्यवस्थापन तथा तयारी गर्नुपर्ने हुन्छ ।
“एक, डेढ लाखले मात्र परीक्षा दिनेछन् भन्ने अनुमानका आधारमा तयारी गर्नु गल्ती हुनेछ” उहाँले भन्नुभयो, “त्यस्ता विद्यार्थी सबैले परीक्षा दिनेछन् भन्ने मान्यताअनुरूप तयारी गर्नुपर्ने हुन्छ । सबैका लागि १५ लाख उत्तरपुस्तिका तयार गर्नुपर्ने हुन्छ । यो भनेको झण्डै एसईई सरहकै परीक्षा हुनेछ । ” पूरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले साउन १० गतेसम्ममा फाराम भर्नुपर्ने र साउन १५ गतेसम्ममा जिल्लास्तरीय निकायले फारामलाई एकीकृत गर्नुपर्ने गरी समयावधि तोकिएको छ ।
एसईई परीक्षा सञ्चालनसम्बन्धी निर्देशिकामा सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेका विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था छ । निर्देशिकामा त्यस्ता परीक्षार्थीले के कति विषयसम्म परीक्षा दिन पाउने भन्ने उल्लेख नभएकाले पनिकाले यस पटक बढीमा दुई विषयसम्मका लागि मात्र अवसर दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले परीक्षा बोर्डको निर्णयलाई अमान्य ठहर गर्दै सबै विषयमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रक अधिकारीले सबैले परीक्षा दिएमा मङ्सिरयता नतिजा सार्वजनिक गर्न कठिन हुने बताउनुभयो । त्यसो भएमा पूरक परीक्षामा सहभागी भएकाहरूले यस वर्ष कक्षा ११ मा भर्ना हुन नपाउने अवस्था देखिन्छ । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले एक वर्षको अध्ययनपछि १५ अङ्क ल्याउन नसक्नेले लगत्तै लिइने परीक्षामा त्योभन्दा निकै बढी ल्याउन नसक्ने दाबी गर्दै भन्नुभयो, “१५ अङ्क ल्याउन नसक्नेलाई पुनः परीक्षामा किन बसाउनुप¥यो ? कमजोर रहेका बढीमा दुई विषयसम्म मात्र पूरक दिन पाउने व्यवस्था उपयुक्त हुन्छ । ”
प्रयोगात्मकमा कुल २५ अङ्क ल्याएका र बाँकी ७५ अङ्कमा १५ ल्याएकाहरूको जोड्दा सी ग्रेड हुन्छ । उहाँले एक महिनाको तयारीमा परीक्षार्थीले आठवटै विषयको तयारी गर्न सम्भव नहुने तर्क गर्दै यस वर्ष बढीमा दुई विषयका लागि पूरक परीक्षा दिन पाउने र आगामी छ महिनापछि सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गर्दा उपयुक्त हुने बताउनुभयो । अर्का शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेलले आठवटै विषयमा लिइने परीक्षालाई पूरक भन्न नसकिने र यसलाई नियमित परीक्षा भन्नुपर्ने तर्क गर्दै थप्नुभयो, “राज्यले शिक्षाको गुणस्तर नियन्त्रण गर्नुपर्दछ । आठवटै विषयमा पूरकको अवसर दिएर गुणस्तर नियन्त्रण हुनै सक्दैन । ” @gorkhapatraonline

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
मन्त्रिपरिषद्ले गरेका १४ निर्णय

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि जिङ् फिङको नेपाल भ्रमणको दुबै देशका तर्फबाट उच्च प्राथमिकता साथ तयारी भैरहेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताएका छन् ।

नेपाल

  • १ year अघि
हिपत खबर
अर्थनीति
लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका छन्।

‘लगानीको निम्ति

  • १ year अघि
हिपत खबर
मुख्य खबर
ग्यासको मूल्य सरकारले घटायो व्यवसायीले घटाएन ?

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको

  • १ year अघि
हिपत खबर
मुख्य खबर
टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको

  • १ year अघि
हिपत खबर
मुख्य खबर
विदेशमा बसेर नेपाली बैंक ह्याकिङ गर्ने योजना बनेको खुलासा

काठमाण्डौ । कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र

  • १ year अघि
हिपत खबर
समाचार
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा

  • १ year अघि
हिपत खबर
मुख्य खबर
दशैँसम्म मनसुन रहने !

काठमाण्डौ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

जल तथा

  • १ year अघि
हिपत खबर
अर्थनीति
खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाण्डौ । अर्थमन्त्री डा।युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी

  • १ year अघि
हिपत खबर
मुख्य खबर
दशैंमा बाहिरिने यात्रुका लागि ‘नागरिक सहायता कक्ष’ शुरु

काठमाण्डौ । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार

  • १ year अघि
हिपत खबर
समाचार
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको

  • १ year अघि