बुधबार, मंसिर २५, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिज्ञान/प्रबिधि
  • यी हुन् विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी
बिज्ञान/प्रबिधि

यी हुन् विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी

  • हिपत संवाददाता शुक्रबार, साउन १७, २०७६

स्ट्राटेजिक एनालिटिक्स तथा काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार सन् २०१९ को दोस्रो त्रैमासिकमा पनि विश्व बजारमा स्मार्टफोनको बिक्रीमा गिरावटले निरन्तरता पाएको छ ।

विश्व स्मार्टफोन बजारको गिरावटका बाबजुत सामसुङ र हुवावेले भने स्मार्टफोनको बिक्री तथा बजार हिस्साको मामिलामा वृद्धिदर हासिल गर्न सफल भएका छन् ।

स्ट्राटेजिक एनालिटिक्सका अनुसार विश्व स्मार्टफोन बजारमा यस त्रैमासिकमा स्मार्टफोनको बिक्रीमा २ दशमलव ६ प्रतिशतले कमी आएको छ जबकि सामसुङका स्मार्टफोनको बिक्रीमा भने १।९ प्रतिशतको वृद्धिदर देखिएको छ । अर्को कम्पनी हुवावेका स्मार्टफोनको बिक्रीमा चाहिँ १ दशमलब ७

प्रतिशतको वृद्धिदर हासिल भएको छ ।
एप्पल कम्पनीले भने यो त्रैमासिकमा गिरावटको सामना गर्नुपरेको छ । सन् २०१९ को दोस्रो त्रैमासिकमा एप्पलका स्मार्टफोनको बिक्रीमा शून्य दशमलव ७ प्रतिशतको गिरावट देखिएको छ ।

संख्याका हिसाबले उक्त तीन महिनामा सामसुङले ७ करोड ६३ लाख गोटा स्मार्टफोन बेच्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानको हुवावेका ५ करोड ८७ लाख थान स्मार्टफोन बिक्री भएका छन् भने तेस्रो स्थानमा रहेको एप्पलका ३ करोड ८० लाख थान मात्र आइफोन बिकेका छन् ।

बिक्री तथा मार्केट शेयरको दृष्टिले ९।४ प्रतिशत बजार हिस्सा रहेको शाओमी चौथो स्थानमा र ८।७ प्रतिशत हिस्सा रहेको ओप्पो पाँचौं नम्बरमा रहेको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा यी दुवै कम्पनीको वृद्धिदरमा सामान्य मात्रै बढोत्तरी देखिएको छ ।

काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा सबैभन्दा धेरै हिस्सा रहेको सामसुङको बजार हिस्सा २१ दशमलब ६ प्रतिशत रहेको छ । दोश्रो स्थानमा रहेको हुवावेको बजार हिस्स १५ दशमलव ८ प्रतिशत रहेको छ भने तेस्रो स्थानको एप्पलको १० दशमलव १ प्रतिशत रहेको छ ।

त्यस्तै चौथो स्थानमा शाओमी छ, जसको बजार हिस्सा ९ प्रतिशत रहेको छ । ओप्पोको ८।१ प्रतिशत, भिभोको ७।५ प्रतिशत, लेनोभोको २।६ प्रतिशत, एलजीको २।२ प्रतिशत तथा नोकियाको स्वामित्व रहेको एचएमडीको बजार हिस्सा १।३ प्रतिशत रहेको छ । त्यस्तै रियलमीको बजार हिस्सा १।३ प्रतिशत रहेको छ भने अन्य विभिन्न ब्राण्डका स्मार्टफोनहरुले बाँकी २०।८ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

एजेन्सीको सहयोगमा @onlinekhabar

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
इन्टरनेटमा सेवा शुल्कपछि मर्मत शुल्कको भार

काठमाण्डाै । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको दवावमा सेवाग्राहीमाथि मर्मत शुल्क लिनसक्ने बाटो खुला गरेको छ ।

कारोबार दैनिकका अनुसार चालू वर्षको आर्थिक विद्येयकमा ल्याइएको इन्टरनेट सेवामा १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क (टीएससी) को विरोधमा उत्रिएका

  • ४ महिना अघि
हिपत खबर
समाचार
सामाजिक सञ्जाल चलाउँदा यस्ता कस्ता कुरामा ध्यान दिनपर्छ ?

काठमाडौँ । इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा आवश्यक ज्ञानको अभावमा विभिन्न अपराधका घटना समेत हुँदै आएपछि प्रहरी प्रधान कार्यालयले इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई विभिन्न कुरामा सचेत रहन आग्रह गरेको छ ।

नेपालमा पछिल्लो समय

  • ४ महिना अघि
हिपत खबर
बिज्ञान/प्रबिधि
अचम्मको कुरा, ब्याक्टेरिया रोगका वाहक मात्र हैन, मान्छेको असल साथी पनि पो रहेछ

एजेन्सी । ब्याक्टेरिया भन्ने बित्तिकै हामी डरलाग्दा रोहरुबारे कल्पना गरेर तर्सन थाल्छौ । किनभने, टाइफाइ, हैजा, कुष्टरोग,प्लेग, टी।बी।, डिप्थेरिया, निमोनिया, लगायत अन्य धेरै खतरनाक रोगहरु र समस्याहरु ब्यकटेरियाकै कारण हुन्छन् । त्यसैले ब्यक्टेरियाको नाम सुनेर हामी

  • ४ महिना अघि
हिपत खबर
समाचार
अब सरकारी रेट मैं, सुमेरु अस्पतालमा मिर्गौला प्रत्यारोपण

काठमाण्डौ । धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको छ । मृगौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको थियो । उक्त अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मृगौला प्रत्यारोपण गर्ने प्रतिबद्धता जनाएको छ ।

डा.

  • ४ महिना अघि
हिपत खबर
बिज्ञान/प्रबिधि
फेसबुकमा २५ करोड भन्दा बढी फेक अकाउन्ट भएको खुलासा

काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुक आफैंमा ठूलो संसार हो । २ अर्बभन्दा बढी  प्रयोगकर्ताको संख्यालाई आधार मान्दा यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भन्दा हुन्छ ।
२ अर्बभन्दा धेरै मानिसले महिनामा कम्तीमा एकपटक फेसबुक

  • ५ महिना अघि
हिपत खबर
फिचर न्युज 1
पूरक परीक्षा सबैले दिन पाउने

प्रकृति अधिकारी

 

काठमाडौँ । परीक्षा नियन्त्रण कार्याललय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ ।
गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा

  • ५ महिना अघि
हिपत खबर
प्रदेश १
साइबर सुरक्षा सम्बन्धी प्रस्तुतीकरण

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा प्रोफेसर डा. रामहरि सुवेदीद्वारा साइबर सुरक्षा सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले साइवर सुरक्षा अभियान निकै नै महत्वपूर्ण र प्रहरी संगठनका लागि फलदायी

  • ११ महिना अघि
हिपत खबर
फिचर न्युज 1
अश्लील वेभसाइट बन्द गर्दै मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । अश्लील एवं यौनसम्बन्धित सामाग्रीले समाजमा विकृती ल्याएको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त्यस्ता तीन लाख वेभसाइट बन्द गरिने जानकारी गराएका छन् ।
बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन

  • १२ महिना अघि
हिपत खबर
मुख्य खबर
विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक छः मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेको बताएका छन् ।
शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले बुधबार आयोजना गरेको कार्यक्रममा

  • १२ महिना अघि
हिपत खबर
फिचर न्युज 1
पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

काठमाडौं । पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ ।
उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने

  • १ year अघि