बुधबार, मंसिर २५, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • समाचार
  • आज नाग पञ्चमी मनाइँदै, किन टाँसिन्छ घरको ढोकामा नागको चित्र
समाचार

आज नाग पञ्चमी मनाइँदै, किन टाँसिन्छ घरको ढोकामा नागको चित्र

  • हिपत संवाददाता सोमवार, साउन २०, २०७६

काठमाडौँ ।श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नाग पञ्चमी मनाइँदै छ ।प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन नागपञ्चमीलाई पर्वका रूपमा लिँदै नागलाई देवताका रूपमा पूजा गर्ने प्रचलन छ ।घरको मूलद्वारमा नागको चित्रमा दही, दूबो, लावासहित चन्दन, अक्षता, नैवेद्य, धुपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्बिर टाँस्नाले मेघ, सर्प र अग्निको भय नहुने विश्वास छ ।नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजकै दिन गरिन्छ । नागपञ्चमीका अवसरमा काठमाडौं नक्सालको नागपोखरी,

कर्कोटक नागको वासस्थानका रूपमा परिचित काठमाडौंकै टौदह, ललितपुर धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत मन्दिरहरूमा पूजा गर्न भक्तजन पुग्ने गर्दछन् । नाग जलस्रोतका संरक्षक हुन् । त्यति मात्र कहाँ हो र † घर, इनार, कुवा, पोखरी, बनाउँदा नागनागिनीको प्रतिमा राखी पूजा गर्ने चलन छ । नागको पूजाअर्चना गर्नाले सर्प र चट्याङको भय नहुने अनि देशमा सुख शान्ति एवं समृद्धिको वर्षा हुने पनि धार्मिक विश्वास छ । हिन्दू धर्ममा नागलाई सर्पहरूका राजा भनिन्छ ।

नागपञ्चमीमा त्यही नागहरूको आराधना गरिन्छ । नागलाई शिव र विष्णुका रूपमा पनि पूजा गर्ने गरिन्छ । आजको दिनदेखि वर्षायाम समाप्त भई हिउँद सुरु हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिँदैन । नागपञ्चमीमा नाग देवताका निमित्त ब्रत लिने गरिन्छ । यस व्रतमा पुरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्वप्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्ने गरिन्छ ।

भविष्योत्तर पुराणमा उल्लेख भएअनुसार कुनै समयमा एक जना किसानको घरमा उसको दुईवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यो किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नाग देवता रिसाई किसानको घरमा गएर किसानसहित उसको परिवारलाई नै डस्यो तर उसकी छोरी छिमेकीको घरमा भएकीले बाँची । भोलिपल्ट किसानकी छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाई । त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइदिएकाले यसै दिनदेखि नागपञ्चमी पर्व मनाउन थालिएको किम्वदन्ती छ । शिवले नागको माला लगाएका छन् भने विष्णु जलमाथि शेष नागको शøयामा नागको शिरको छाता ओढी सुतेका छन् । गणेशको एक हातमा नागवाण छ । कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मण शेषनागका अवतार भन्ने धर्मग्रन्थमा उल्लेख छ । कृष्णले बाल्यकालमै कालीय नागको दमन गरेको प्रसंग भागवत पुराणमा उल्लेख छ ।

बुद्धमूर्तिको शिरमा मुकुटका आकारको सर्पका आकृति छन् । जैन तीर्थङ्करहरूका शिरमा सर्पाकार मुकुट हुन्छन् । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नाग कन्यासँग विवाह गरेका थिए । मत्स्येन्द्रनाथको घाटीमा कर्कोटक नागको माला छ । जुन घरमा नागको वास हुन्छ, त्यो घरमा लक्ष्मीको निवास हुन्छ भत्रे विश्वास गरिन्छ । नागको शिरमा बहुमूल्य मणि हुन्छ ।@onlineradionepal

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
मन्त्रिपरिषद्ले गरेका १४ निर्णय

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि जिङ् फिङको नेपाल भ्रमणको दुबै देशका तर्फबाट उच्च प्राथमिकता साथ तयारी भैरहेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताएका छन् ।

नेपाल

  • ३ महिना अघि
हिपत खबर
अर्थनीति
लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका छन्।

‘लगानीको निम्ति

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
ग्यासको मूल्य सरकारले घटायो व्यवसायीले घटाएन ?

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
विदेशमा बसेर नेपाली बैंक ह्याकिङ गर्ने योजना बनेको खुलासा

काठमाण्डौ । कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र

  • ३ महिना अघि
हिपत खबर
समाचार
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैँसम्म मनसुन रहने !

काठमाण्डौ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

जल तथा

  • ३ महिना अघि
हिपत खबर
अर्थनीति
खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाण्डौ । अर्थमन्त्री डा।युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैंमा बाहिरिने यात्रुका लागि ‘नागरिक सहायता कक्ष’ शुरु

काठमाण्डौ । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार

  • ३ महिना अघि
हिपत खबर
समाचार
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको

  • ३ महिना अघि