बुधबार, फाल्गुन ७, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • प्रदेश ३
  • चितवन जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा निषेधाज्ञा
प्रदेश ३

चितवन जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा निषेधाज्ञा

  • हिपत संवाददाता सोमवार, भदौ ९, २०७६
file photo

काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीबाट अशान्ति हुन सक्ने देखिएको उल्लेख छ

। जसका कारण पाँच जनाभन्दा बढी एकै स्थानमा जम्मा हुन नपाउने आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकाय रहेको क्षेत्रमा हुल दङ्गा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।” जसअनुसार वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पाइने छैन ।

यसैगरी, वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फको चौबीसकोठी चोकसम्म, वाइपास सडकतर्फको घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालचोकसम्मको क्षेत्रमा त्यसरी जम्मा हुन निषेध गरिएको हो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक्त आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आइतबार साँझ केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । झडपका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालासहित ११ जना प्रहरी घाइते भएका थिए । सो क्रममा १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामिछाने र युवराज कँडेलको आज चितवन जिल्ला अदालतमा बयान हँुदैछ ।

साउन २० गते पुडासैनीले भिडियोमा कारण रेकर्ड गरेर आत्महत्या गरेका थिए । सोही भिडियोको आधारमा लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । गाेरखापत्रअनलाइनबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
मन्त्रिपरिषद्ले गरेका १४ निर्णय

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि जिङ् फिङको नेपाल भ्रमणको दुबै देशका तर्फबाट उच्च प्राथमिकता साथ तयारी भैरहेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताएका छन् ।

नेपाल

  • ५ महिना अघि
हिपत खबर
अर्थनीति
लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका छन्।

‘लगानीको निम्ति

  • ५ महिना अघि
हिपत खबर
मुख्य खबर
ग्यासको मूल्य सरकारले घटायो व्यवसायीले घटाएन ?

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको

  • ५ महिना अघि
हिपत खबर
मुख्य खबर
टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको

  • ५ महिना अघि
हिपत खबर
मुख्य खबर
विदेशमा बसेर नेपाली बैंक ह्याकिङ गर्ने योजना बनेको खुलासा

काठमाण्डौ । कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र

  • ५ महिना अघि
हिपत खबर
समाचार
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा

  • ५ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैँसम्म मनसुन रहने !

काठमाण्डौ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

जल तथा

  • ५ महिना अघि
हिपत खबर
अर्थनीति
खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाण्डौ । अर्थमन्त्री डा।युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी

  • ५ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैंमा बाहिरिने यात्रुका लागि ‘नागरिक सहायता कक्ष’ शुरु

काठमाण्डौ । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार

  • ५ महिना अघि
हिपत खबर
समाचार
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको

  • ५ महिना अघि