आइतवार, मंसिर २२, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब
मुख्य खबर

नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब

  • हिपत संवाददाता शुक्रबार, भदौ १३, २०७६

बाजुरा । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ ।

आर्थिक वर्र्ष २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको हो । दुर्गम पहाडी क्षेत्रका महिलाले संस्थागत सुत्केरी गराएवापत पाउने रु तीन हजार र नियमति चारपटक गर्भ जाँचवापतको रु २०० का दरले ८००

गरी तीन हजार ८०० सहित न्यानो झोला पाउने व्यवस्था गरिएको थियो ।

गत चैत १ गते सुत्केरी गराए पनि आफूले उक्त भत्ता नपाएको पाण्डुसैनकी बिउरा रावलले बताए । उक्त नगरपालिकामा मात्रै १८८ महिलाले सुत्केरी गराएवापतको रकम पाएका छैनन् । तीमध्ये कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १३६, पाण्डुसैन स्वास्थ्यचौकीमा ३४ र बाँधु स्वास्थ्यचौकीमा १८ ले सो भत्ता नपाएका हुन् । उक्त रकम नगरपालिकामा आइसके पनि स्वास्थ्य संयोजकसहितको टोलीले खबर नगरेको आरोप सम्बन्धित स्वास्थ्यचौकीले नै लगाएका थिए ।

सोही नगरपालिका–८ की आरती धामीले पनि उक्त भत्ता नपाएको गुनासो गरे । स्वास्थ्य शाखामा काम गर्नेहरुले माथिबाटै पैसा नआएको भनेकाले आफूहरुले पनि त्यही होला भन्ने सोचेर बसेको पाण्डुसैन स्वास्थ्यचौकीका इन्चार्ज नृपराज गिरीले बताए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट १५४ ले सो भत्ता लिएको देखिए पनि अन्य कुनै पनि सुत्केरीले पाएका छैनन् ।

स्वास्थ्य संयोजककै लापरवाहीले उक्त भत्ता नपाइएको अधिकांशको गुनासो थियो । संयोजक जसी लुहारले भने सबैलाई पुग्ने गरी रकम नआएकाले आधा पैसा नबाँडेको बताए । कतिलाई सो भत्ता दिन बाँकी छ भन्दा उनले नै अपुग सङ्ख्याबारे जानकारी नभएको उल्लेख गरे ।

संयोजक लुहारले रु १३ लाख ५० हजार मात्र आएको बताए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुझ्दा भने त्योभन्दा थप रु १५ लाख नगरपालिकामा पठाइ सकिएको जनाइएको थियो । मन्त्रालयका योजना शाखा प्रमुख सूर्य खड्काले भने पहिलोपटक रु १३ लाख ५० हजार, दोस्रोपटक रु आठ लाख ९० हजार र तेस्रोपटक जेठ १७ गते रु आठ लाख ९० हजार गरी कूल रु २८ लाख ५० हजार उक्त नगरपालिकामा मात्र पठाइएको जानकारी दिए ।

नगरपालिकाका पदाधिकारी तथा स्वास्थ्य संयोजले भने यसबारे कुनै जवाफ दिएनन् । प्रदेशको सम्बन्धित मन्त्रालयले असारमै उक्त भत्ता कम भए माग गर्न स्थानीय तहलाई सूचित गरेकामा कसैले पनि माग नगरेको बताइएको थियो ।

उक्त नगरपालिका उपप्रमुख सृष्टी रेग्मीले पनि आफूलाई थप पैसा आएकोबारे जानकारी नभएको र संयोजकले पैसा अपुग भएर नदिएको भन्ने मात्र खबर गरेको बताए । नगरपालिका निमित्त प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले आफूहरुलाई पैसा अपुग रहेको जानकारी मात्र गराइएको थप पैसा आए÷नआएको थाहा नभएको जानकारी दिए ।

सुत्केरी भत्ता त्रिवेणी नगरपालिकाका ७७ र खप्तड छेडेदहका ३० जनाले नपाएको बताइएको थियो । बूढीगङ्गा नगरपालिकाले थप भत्ता माग गरेकामा रु चार लाख खर्च नभएपछि फिर्ता पठाइएको त्यहाँका स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिए । बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकाका सबै सुत्केरी महिलाले भने उक्त भत्ता पाइसकेका छन् । राससबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
मन्त्रिपरिषद्ले गरेका १४ निर्णय

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि जिङ् फिङको नेपाल भ्रमणको दुबै देशका तर्फबाट उच्च प्राथमिकता साथ तयारी भैरहेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताएका छन् ।

नेपाल

  • २ महिना अघि
हिपत खबर
अर्थनीति
लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका छन्।

‘लगानीको निम्ति

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
ग्यासको मूल्य सरकारले घटायो व्यवसायीले घटाएन ?

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
विदेशमा बसेर नेपाली बैंक ह्याकिङ गर्ने योजना बनेको खुलासा

काठमाण्डौ । कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र

  • २ महिना अघि
हिपत खबर
समाचार
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैँसम्म मनसुन रहने !

काठमाण्डौ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

जल तथा

  • २ महिना अघि
हिपत खबर
अर्थनीति
खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाण्डौ । अर्थमन्त्री डा।युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैंमा बाहिरिने यात्रुका लागि ‘नागरिक सहायता कक्ष’ शुरु

काठमाण्डौ । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार

  • २ महिना अघि
हिपत खबर
समाचार
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको

  • ३ महिना अघि