सोमवार, मंसिर २३, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०७५’ डा.रुइतलाई
मुख्य खबर

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०७५’ डा.रुइतलाई

  • हिपत संवाददाता आइतवार, अशोज ५, २०७६

काठमाण्डौ सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा .सन्दुक रुइतलाई प्रदान गरेको छ । सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पु¥याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने निर्णय गरेको थियो । सो पुरस्कार पहिलो पटक आज डा रुइतलाई प्रदान गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आइतबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा रुइतलाई रु पाँच

लाखको राशिसहितको सो पुरस्कार प्रदान गरे । त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने लमजुङ लक्ष्मीनगर निवासी रदी मियाँ र सोलार स्कुटर, ट्राफिक मास्क मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने प्रविधि बनाउनुभएका तनहुँका अन्वेषक विकल्प ढुङ्गानाको योगदानको कदर गर्दै ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ स्वरुप जनही रु दुई लाख ५० हजार प्रदान गरे ।

डा।रुइतले आफ्नो नेतृत्वमा तिलगङ्गा अस्पताल खोली तीन दशकदेखि आँखाका उपचारमा नेपालमा मात्र नभएर भारत, भुटान, चीनलगायत देशमा पनि सेवा प्रदान गर्दै आएका छन् । उनले तिलगङ्गा अस्पतालले शुरु गरेको नयाँ प्रविधिलाई एशिया, अफ्रिका र दक्षिण अमेरिकामा पनि लैजाने निर्णय गरिएको जानकारी दिए ।

‘डा रुइत नेत्र चिकित्सा क्षेत्रमा चम्किला नक्षत्र’

राष्ट्रपति भण्डारीले डा।रुइत नेत्र चिकित्साका क्षेत्रमा चम्किला नक्षेत्र भएको बताएका छन् । ‘नेपालको हिमाली जिल्ला लमजुङको दुर्गम क्षेत्रमा जन्मिएका डा। इरुतले मानवकल्याणका क्षेत्रमा योगदान पु¥याउनुभएको छ’, राष्ट्रपति भण्डारीले भने, ‘डा.रुइत नेत्र चिकित्साको क्षेत्रमा चम्किला नक्षत्र नै हुनुहुन्छ, आगामी दिनमा उहाँले थप ख्याति प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ उनले आगामी दिनमा थप अनुसन्धान र आविष्कारको काम होस् भन्ने कामनासमेत गरे । कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने मियाँ र ढुङ्गानालाई थप आविष्कारका लागि प्रोत्साहन मिल्ने विश्वास पनि व्यक्त गरे ।

राष्ट्रपति भण्डारीले नेपाल प्रतिभाको उर्वर भूमि भएको उल्लेख गर्दै यस धर्तीमा विश्व शान्तिका अग्रदूत गौतमबुद्ध, वेद र पुराणका रचनाकार व्यास, ऋषि याज्ञवल्क्यले जन्म लिएको र ‘रामायण’का रचयिता वाल्मीकि आदिको पवित्र कर्मथलो भएको स्मरण गरे ।

उनले नेपाललाई विश्वमा चिनाउने प्रतिभाको ठूलै सङ्ख्या यहाँ रहेको उल्लेख गर्दै नेपाल सरकारले मुलुकको शान्ति, सुशासन, नवप्रवत्र्तन, वैज्ञानिक खोज, अनुसन्धान गर्ने तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभालाई सम्मान गर्ने र योगदानको कदर गर्ने नीति लिएको प्रति खुशी व्यक्त गरे ।

राष्ट्रपति भण्डारीले भने, ‘सरकारले राष्ट्रिय प्रतिभालाई पुरस्कार प्रदान गर्ने परम्पराको थालनी गरेको छ, सरकारले हरेक वर्ष असाधारण प्रतिभा भएको व्यक्तिलाई सम्मान गर्दा प्रोत्साहन मिल्छ, यो कार्यका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुरस्कार प्रदान गर्नुको मुख्य उद्देश्य मुलुकमा नवप्रवत्र्तन, वैज्ञानिक खोज तथा विकासमा लाग्न प्रेरित गर्नु र बालबालिकालाई प्रोत्साहन दिनु भएको स्पष्ट पार्दै यसबाट देशका युवापुस्ताको नवप्रविधिको आविष्कारमा आकर्षणमा वृद्धि हुनेछ भन्ने विश्वास व्यक्त गरे । राससबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
मन्त्रिपरिषद्ले गरेका १४ निर्णय

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि जिङ् फिङको नेपाल भ्रमणको दुबै देशका तर्फबाट उच्च प्राथमिकता साथ तयारी भैरहेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताएका छन् ।

नेपाल

  • २ महिना अघि
हिपत खबर
अर्थनीति
लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका छन्।

‘लगानीको निम्ति

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
ग्यासको मूल्य सरकारले घटायो व्यवसायीले घटाएन ?

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको

  • २ महिना अघि
हिपत खबर
मुख्य खबर
विदेशमा बसेर नेपाली बैंक ह्याकिङ गर्ने योजना बनेको खुलासा

काठमाण्डौ । कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र

  • ३ महिना अघि
हिपत खबर
समाचार
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैँसम्म मनसुन रहने !

काठमाण्डौ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

जल तथा

  • ३ महिना अघि
हिपत खबर
अर्थनीति
खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाण्डौ । अर्थमन्त्री डा।युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैंमा बाहिरिने यात्रुका लागि ‘नागरिक सहायता कक्ष’ शुरु

काठमाण्डौ । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार

  • ३ महिना अघि
हिपत खबर
समाचार
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको

  • ३ महिना अघि