बुधबार, मंसिर २५, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • अर्थनीति
  • खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ : अर्थमन्त्री खतिवडा
अर्थनीति

खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ : अर्थमन्त्री खतिवडा

  • हिपत संवाददाता मङ्लबार, अशोज ७, २०७६

काठमाण्डौ । अर्थमन्त्री डा।युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी एक भएर सहकारी ढाँचामा व्यवसाय गर्न आग्रह गरे ।

‘अब खुद्रा व्यापारी पनि सङ्गठित हुनुपर्छ, सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ’, उनले भने, ‘सहकारी ‘मोडल’मा गएपछि ठूला खुद्रा बिक्रेतासँग प्रतिस्पर्धा गर्न पनि सहज हुन्छ ।’ खुद्रा व्यापारमा नेपाली पूँजीको प्रवद्र्धन गर्न यस क्षेत्रमा विदेशी लगानीमा रोक

लगाइएको स्पष्ट पार्दै अर्थमन्त्रीले स्वदेशी ठूला व्यापारीसँग प्रतिस्पर्धा गर्न खुद्रा व्यापारी पनि सङ्गठित भएर लाग्नुपर्ने बताए । खुद्रा व्यापारमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले व्यापारिक सीमा र मर्यादाभित्र रहेर कारोवार गर्न आग्रह गरे ।

उनले कानूनले सबै व्यापारीलाई समान नजरले व्यवहार गर्ने बताए । ‘यसअघि सानालाई ऐन, ठूलालाई चैन थियो होला’, उनले भने, ‘तर अहिले ठूला तथा साना सबैलाई ऐन आकर्षित हुन्छ । सानाको नाउँमा खुद्रा व्यापारीलाई पनि चैन हुँदैन ।’ बजारलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्दै अर्थमन्त्री डा।खतिवडाले भने, ‘अब सबै सुध्रने हो, पहिला हामी सुध्रन्छौँ, अनि व्यापारी पनि सुध्रनुपर्छ ।’

व्यापार व्यवसायलाई पारदर्शी बनाउन सरकारले ‘प्यान’ र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली ‘भिसिटिएस’ लागू गरेको उल्लेख गर्दै उनले कोही पनि व्यवसायी त्रासमा हुनु आवश्यक नभएको बताए । बजार अनुगमनका क्रममा ज्यादती गरिएको पाइए कारवाही हुनेमा विश्वस्त गराउँदै उनले अनुगमन टोली आउँदा नडराउन आग्रह गरे ।

मूल्यसूची राख्ने, बिलबिजक जारी गर्ने विषयमा व्यापारी प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री खतिवडाले सरकार खुद्रा व्यापारीलाई सहजीकण गर्न तयार रहेको बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले खुद्रा व्यवसायीलाई व्यापारमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । उनले उपभोक्ता हितको बर्खिलाप नहुने गरी व्यापार गर्न खुद्रा व्यापारीलाई सचेत गराए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले सरकारले ल्याएको ऐन, नियम, कानूनका बारेमा पर्याप्त जानकारी नराख्दा व्यापारीले अनावश्यक झमेला खेप्नु परेको उल्लेख गर्दै अब उप्रान्त सामान खरीदबिक्री गर्दा अनिवार्यरुपमा बिलबिजक जारी गर्न आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले खुद्रा व्यापारीलाई सङ्गठित भएर व्यापार व्यवसायमा लाग्न आग्रह गरे । भूलवश हुने गल्तीको पनि व्यापारीले ठूलो सजाय भोग्नु परेको उदाहरण दिँदै उनले चर्को जरिवाना र कैदको व्यवस्थाले व्यापारीमा त्रास सिर्जना गरेको बताए । ‘बिल बिनाको सामान खरीद र बिक्री नगर्न सङ्घले आफ्ना सदस्यलाई सचेत गराउनुपर्छ’, उनले भने ।

कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले सरकारले बजार व्यवस्थित गर्ने नाउँमा ल्याएको नयाँनयाँ प्रावधानले व्यवसायीलाई भय पैदा गरेको बताउँदै खुद्रा व्यापारीलाई अप्ठ्यारोमा पार्नेभन्दा पनि सरकारी व्यापारमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले खुद्रा व्यापारीको कारोवारको सीमा रु ५० लाखबाट बढाएर रु एक करोड पु¥याउन आग्रह गरे । सो अवसरमा यस वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन खुद्रा व्यापारीका चार सन्ततिलाई ‘स्व गङ्गाबहादुर मानन्धर छात्रवृत्ति’ प्रदान गरिएको थियो । छात्रवृत्ति प्राप्त गर्नेमा आश्या प्रजापति, आयुश्मा प्रजापति, रुविसा कर्माचार्य र कल्याण खनाल रहेका छन् ।राससबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
मन्त्रिपरिषद्ले गरेका १४ निर्णय

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि जिङ् फिङको नेपाल भ्रमणको दुबै देशका तर्फबाट उच्च प्राथमिकता साथ तयारी भैरहेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताएका छन् ।

नेपाल

  • ३ महिना अघि
हिपत खबर
अर्थनीति
लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका छन्।

‘लगानीको निम्ति

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
ग्यासको मूल्य सरकारले घटायो व्यवसायीले घटाएन ?

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
विदेशमा बसेर नेपाली बैंक ह्याकिङ गर्ने योजना बनेको खुलासा

काठमाण्डौ । कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र

  • ३ महिना अघि
हिपत खबर
समाचार
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैँसम्म मनसुन रहने !

काठमाण्डौ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

जल तथा

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
दशैंमा बाहिरिने यात्रुका लागि ‘नागरिक सहायता कक्ष’ शुरु

काठमाण्डौ । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार

  • ३ महिना अघि
हिपत खबर
समाचार
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको

  • ३ महिना अघि
हिपत खबर
समाचार
पाकिस्तानमा बस दुर्घटनामा २६ को मृत्यु, १२ घाइते

(रासस–एएनआई)  ।  गिल्गिट, पाकिस्तान,असोज ५ गते । पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय

  • ३ महिना अघि