वंशजकै आधारमा नागरिकता

काठमाडौं । विदेशी नागरिकसँग विवाह गरेका नेपाली नागरिकले सम्बन्धित देशको नागरिकता नलिएको अवस्थामा वंशजकै आधारमा नेपाली नागरिकता प्राप्त गर्ने सक्ने प्रावधानसहितको ऐन बनाउने विषयमा संसदीय समितिमा सहमति भएको छ ।
नेपाल नागरिकता ऐन २०६३ लाई सशोधन गर्न बनेको विधेयक सम्बन्धमा राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा भएको दफावार छलफल उक्त सहमति भएको हो । तर गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले भने समितिमा उक्त सहमति भए पनि त्यसबाट कानूनी र संवैधानिक पाटोबाट पर्न सक्ने प्रभावबारे थप अध्ययन गरेर मात्र निर्णयमा पुग्न आग्रह गरेका थिए ।
नेपालको कानूनअनुसार वंशीय आधारमै नागरिकता पाउनुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए । आमा र बाबु नेपाली नागरिक भएका खण्डमा मात्र उनीहरुका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । आमा र बाबु नेपाली नागरिक हुन् भने उनीहरुका सन्ततिले वंशजका आधारमा आमा वा बाबु जुनतर्फ भएपनि तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्न सक्ने प्रावधान प्रस्तावित विधेयकमा परेको छ ।
आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सक्ने कानूनी व्यवस्था भए पनि व्यावहारिक रुपमा अहिले पनि त्यो लागू भई नरहेको हुँदा नयाँ कानून निर्माणमा यो पक्षमा आवश्यक ध्यान पु¥याउन महिला सांसदहरुले बैठकमा सुझाव दिएका थिए । उनीहरुले वंशज भनेको पति हो कि आमा/बाबु हुन् भनी प्रश्न गर्दै बच्चा जन्माउने आमा भएको हुँदा आमाको नामबाट सहजरुपमा नागरिकता पाउने कानूनी व्यवस्था गर्न सल्लाह दिए ।
नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभए प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजका आधारमा नेपाली नागरिक ठहर्नेछ भन्ने संवैधानिक व्यवस्थाअनुरुप त्यस्ता व्यक्तिलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्रमा बाबु/आमा भन्ने ठाउँमा कुन शब्दको प्रयोग गर्दा उनीहरुको सम्मान हुन्छ भन्ने विषयमा पनि समितिमा छलफल भएको थियो ।
वंशजका आधारमा नागरिकता लिन कागजपत्र संकलन गर्न नसक्ने अवस्थामा नेपाली नागरिकता प्राप्त गरेका दुई जनाको सनाखत र सम्बन्धित वडाका जनप्रतिनिधिको सिफारिसमा नागरिकता लिन सक्ने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ । नागरिकताजस्तो संवेदनशील विषयलाई हल्काफुल्कारुपमा नहेरी दोहोरो नागरिकताको प्रावधानले राष्ट्रियतामा खतरा उत्पन्न गर्न सक्ने पाटोमा विशेष चनाखो हुन पनि सरकार र समितिलाई सदस्यहरुले सुझाव दिएका छन् ।

मा प्रकाशित !

राजनीतिक र कर्मचारीतन्त्रमा भ्रष्टाचार

काठमाडौं । नेपालको सुशासनमा यस वर्ष प्रगति हासिल नभएको पाइएको छ । मुलुक भ्रष्टाचारको सूचांकमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार राजधानीमा ‘भ्रष्टाचार अवधारणा सूचांक’ सार्वजनिक गर्दै नेपाल गत वर्षजस्तै ३१ अंक ल्याएर १८० मुलुकमध्ये १२४औँ स्थानमा परेर सुशासनमा कुनै प्रगति नगरेको पाइएको छ ।
भ्रष्टाचार अवधारणा सूचांकमा मुलुकले गत वर्षझैँ यस वर्ष पनि १०० पूर्णांकमा ३१ अंक ल्याएकाले सुशासनमा सुधार नभएको ट्रान्सपरेन्सीका अध्यक्ष खेमराज रेग्मीले बताए । उनले भने, ‘गत वर्ष हामी ३१ अंक ल्याउँदै १२२औँ स्थानमा रहेका थियौँ र तर अहिले गत वर्षझैं ३१ अंक ल्याए पनि हामीभन्दा अरु दुई देशले प्रगति गरेको हुनाले यस वर्ष १२४औँ स्थानमा परेको हो ।’
अध्यक्ष रेग्मीले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक र कर्मचारीतन्त्रमा रहेको बताए । ‘नेपाल निर्वाचन भएर दुई तिहाइको सरकार आएपछि भ्रष्टाचार घटेको छैन’, उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार देखिएको छैन, त्यसैले नेपालको अवस्था चिन्ताजनक रहेको छ ।’
नेपालसहित ट्रान्सपरेन्सी इन्टरनेशनलले आज विश्वका १८० देशको भ्रष्टाचारको सूचांक सार्वजनिक गर्दैछ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचाङ्कमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमलिया र कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क छन् ।
सय पूर्णांकमा सोमलियाले १० अंक र डेनमार्कले ८८ अंक ल्याएका छन् । ट्रान्सपरेन्सीको प्रतिवेदनमा दुई तिहाइ मुलुकले ५० भन्दा कम अंक पाएका छन् । धेरै मुुलुक भ्रष्टाचारविरुद्ध प्रतिबद्धता जनाएपनि प्रयास गर्न चुकेका छन् । प्रतिवेदनमा भ्रष्टाचार कम हुने मुलुकमा कानूनी शासन, स्वतन्त्र नियमनकारी निकाय, स्वतन्त्र प्रेस र नागरिक समाजलाई खुलापन गरेका छन् भने भ्रष्टाचार बढी हुने मुलुकमा राजनीतिक अधिकारमा कमी, नियन्त्रित मिडिया र फितलो कानूनी शासन रहेको उल्लेख गरिएको छ ।
ट्रान्सपरेन्सीका महासचिव मुकुन्दबहादुर प्रधानले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिक भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेकाले भ्रष्टाचार नघटेको बताए ।
ट्रान्सपरेन्सीसँग आबद्ध विभिन्न संघसंस्थाले गत वर्ष नेपालका विभिन्न क्षेत्रमा भएका कामको अध्ययनको आधारमा उक्त सूचाङ्क निकालेको हो । विश्व बैंकले नेपाल सरकारद्वारा सार्वजनिक क्षेत्रका पदाधिकारीको कामकारवाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारवाहीको जानकारीमा पहुँच, विश्व आर्थिक मञ्च आयात, निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुस विषयमा र ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, आयात निर्यातमा हुने भ्रष्टाचारमा सर्वेक्षण गरेको छ ।
यस्तै वर्टेल्सम्यान फाउण्डेशनले सार्वजनिक पद दुरुपयोगमा कारवाही र सरकारबाट भ्रष्टाचार नियन्त्रणबारे, वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायलय, संसद् र सुरक्षा निकायमा प्रतिनिधिद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोगको बारेमा र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्टले राजनीतिक भ्रष्टाचारको व्यापकताजस्ता विषयमाथि सर्वेक्षण गरेको थियो ।
अध्यक्ष रेग्मीले नेपालमा सरकारले भ्रष्टाचार नियन्त्रण गर्न बनेका निकायका पदाधिकारी र भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानून आफू अनुकूल बनाउने गरेकोले भ्रष्टाचारको सूचाङ्क ज्यूँ का त्यूँ भएको बताए । ‘अहिले स्थिर सरकार भएकाले भ्रष्टाचार सुधार हुने हामीले अपेक्षा गरेका थियौँ’ उनले भने, ‘तर स्थिर सरकार भए पनि जनताको हितमा काम गरेको पाइएन ।’
उनका अनुसार नेपालमा सबैभन्दा ठूलो भ्रष्टाचार राजनीतिक दलले गर्ने नीतिगत भ्रष्टाचार रहेको छ । सार्वजनिक सेवा प्रवाह हुने भ्रष्टाचारले जनता आङ्तकित भएको अध्यक्ष रेग्मीले जानकारी गराए । ट्रान्सपरेन्सीले सन् २००४ देखि नेपालको भ्रष्टाचारको सूचांक सार्वजनिक गर्दै आएको छ । पूर्वमुख्य सचिव विमल कोइरालाले भ्रष्टाचार रोकथाममा सरकारले कुनै कदम नचालेकाले भ्रष्टाचार बढेको बताए ।
‘स्थिर सरकार भए पनि मुलुकमा सुशासन कायम हुने अपेक्षा हुन्छ’, उनले भने, ‘तर अहिलेको सरकार स्थिर भए पनि सुशासन कायम गर्न नसक्दा भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार भएन ।’ नेपाल सन् २०१६ मा २९ अंक ल्याउँदै १३१औं, २०१५ मा २७ अंक ल्याउँदै १३०, २०१४ मा २९ अंक ल्याउँदै १२६औँ, २०१३ मा ३१ अंक ल्याउँदै ११९ र २०१२ मा २७ अंक ल्याउँदै १३९औँ स्थानमा परेको थियो ।
सन् २०१८ मा भ्रष्टाचारको सूचांकमा दक्षिण एशियाली मुलुकमध्ये भुटान ६८ अंक ल्याउँदै २५औँ स्थान र अफगानिस्तान १६ अंकमा १७२ अँै’ स्थानमा छ ।

मा प्रकाशित !

मगन्ते रहित काठमाडौं

काठमाडौं । २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान सुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई सुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौं जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोष, महानगरीय प्रहरी परिसर काठमाडौं, काठमाडौं महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत संस्थाको सहकार्यमा राजधानीलाई मगन्तेरहित बनाउन लागिएको हो ।
पशुपति क्षेत्रबाट शुरु भएको कामलाई काठमाडांै जिल्लाभर विस्तार गरी नमूनाका रुपमा देशका प्रमुख शहर हुँदै देशभर विस्तार गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।
‘माग्नुलाई पेशाका रुपमा स्थापित गर्नेहरुलाई निरुत्साहित गर्न कोही नभएका असहाय, जीवन जोखिममा रहेका वर्ग, घरबारविहीनको बाँच्ने अधिकार सुनिश्चित गर्न परोपकारी संस्थामा बस्ने व्यवस्था गरिन्छ, बाँकीलाई टेण्ट राखेर भए पनि सार्वजनिक स्थलमा माग्नबाट रोक्ने अभियान शुरु गर्न लागिएको हो’ उनले भने ।
अभियानलाई सहज बनाउन विभिन्न नगरपालिकामा खाली रहेका सामुदायिक भवनमा समेत सहयोगापेक्षी राखिने जनाइएको छ । कानूनी रुपमा सार्वजनिक स्थलमा बसेर माग्न नपाइने व्यवस्थालाई कार्यान्वयन गर्न महानगरपालिकाले मानव सेवा आश्रमलाई मासिक रु एक लाख ६७ हजार घर भाडा तिर्न सहयोग गरेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।
महानगरपालिकासहित ११ नगरपालिकाका १३८ वडामा गठन भएका नागरिक प्रहरी साझेदारी समितिलाई समेत परिचालन गरी साँढे दुई महीना अभियान चलाएर विसं २०७६ वैशाखमा मगन्तेरहित जिल्ला घोषणा गर्न गृहकार्य शुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।
मगन्तेरहित जिल्ला घोषणा गर्ने अभियानमा लागेका संस्थाले एक कार्यदल गठन गरी गृहकार्य गरिरहेका छन् । माघ १४ गते सोमबार अभियान शुरुको घोषणा गरिने मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
हाल पशुपति क्षेत्रलाई मगन्तेरहित बनाइए पनि अरु मन्दिर, स्तुप, मस्जिदलगायत धार्मिकस्थल एवं सडक किनारमा माग्नेको भीड लाग्ने गरेको छ । पशुपति क्षेत्रबाट हटाइएका मगन्ते अन्य धार्मिकस्थलमा पुगेको भेटिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए ।
सरकारी सेवा गरी सेवा निवृत्त भई पेन्सन सुविधा लिइरहेका, उपत्यकामै घर जग्गा भएका मानिसले समेत सहज पेशाका रुपमा माग्ने काम गर्दै आएको एक वर्षको अवधिमा भेटिएको उनले सुनाए । काठमाडौंका विशेषगरी गोकर्णेश्वर महादेव मन्दिर, बौद्ध स्तुप, टुँडिखेलस्थित महाँकाल, टेबहालको संकटा मन्दिर, घण्टाघरस्थित नेपाली जामे मस्जिद, वसन्तपुर दरबार क्षेत्र, स्वयम्भु चैत्य, सुन्धारा, रत्नपार्क र भृकुटीमण्डपको सडक क्षेत्रमा माग्नेको भीड लाग्ने गरेको छ । कुनै धार्मिकस्थलमा विशेष मेला तथा पर्वका अवसरमा माग्नेको बढी भीड देखिने गरेको छ ।
देशभर विभिन्न कारणले समस्यामा परेका मानिसलाई सहयोग गरी माग्न मन्दिर एवं सडक किनारमा बस्नुपर्नेका लागि व्यवस्था गर्न कोषले कार्य्विधि बनाउने तयारी गरेको सदस्य सचिव डा ढकालले जानकारी दिए । ‘पशुपति मन्दिरको आम्दानीको निश्चित प्रतिशत यस्तो काममा दान दिने गरी कार्यविधि बनाइन्छ, पशुपतिनाथलाई अनाथको नाथ बनाउने गरी यस्तो व्यवस्था गर्न लागिएको हो’, उनले भने ।
माग्नुलाई पेशाका रुपमा अपनाउनेका लागि भने प्रहरीको सहयोगमा परामर्श दिई सामाजिक रुपमा पुनःस्थापना गर्ने र अटेर गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइने जनाइएको छ । अभियान सफल भए पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने जनाइएको छ ।

कतिपय महिलाले आफ्ना बालबालिकालाई धार्मिकस्थल एवं सडक किनारमा माग्न लगाई जीवनयापन गर्दै आएका छन् । काम गर्न सक्ने मानिसलाई रोजगारीको व्यवस्था गरिदिएर माग्ने पेशाबाट विस्थापित गरिएको कोषले जनाएको छ ।

मा प्रकाशित !

संविधान भन्दा माथि कोही छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमण सफल भएको बताएका छन् । स्वीजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९औँ बैठकमा सहभागी भई शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै यस्तो बताएका हुन् ।
बैठकमा नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अंगीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराएका उनले बताए ।
नेपालको पछिल्लो राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विश्वका विभिन्न मुलुकका नेतालाई जानकारी गराउन तथा नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन पनि भ्रमण फलदायी भएको उनको भनाइ छ ।
मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हु“दा आफूले उद्यमशीलताको विकास, गरीब र धनीबीचको खाडल पुर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुने, लोकतन्त्र र ‘प्रेस’ स्वतन्त्रताको रक्षा, आर्थिक उन्नयनका निम्ति सम्पर्क सञ्जाल विस्तार, क्षेत्रीयता प्रवद्र्धनलगायत विषयमा नेपालको धारणा व्यक्त गरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रको सुदृढीकरण, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जनताका अधिकारको सुनिश्चितता, सार्वभौमसत्ता सम्पन्न जनताको सुरक्षा र सम्मान, प्रेसको अपरिहार्यता र त्यसको जिम्मेवारीबारे अभिमत प्रकट गरेँ ।’ उनले लोकतन्त्रमा अरुको अधिकारको सम्मान गर्ने तथा व्यक्ति, परिवार र समाजमा गलत सूचना प्रवाह गर्न नहुने प्रेसको दायित्व र नेपाली प्रेसले उपभोग गरेका प्रेस स्वतन्त्रताका विविध पक्ष ती छलफलमा उजागर गरेको पनि बताए ।
मञ्चमा भाग लिन आएका विश्वका विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, आर्थिक क्षेत्रका विज्ञ, विद्वत् समुदाय, बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत विशिष्ट व्यक्तिसँग भएका आफूले अनौपचारिक विचारविमर्श गरेको चर्चा गर्दै ती सबै छलफलमा आफूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य साकार पार्न वर्तमान सरकार दत्तचित्त भएर लागेको जानकारी दिएको उनले बताए ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय प्रतिनिधिसभाबाट शुक्रबार पारित भएकामा त्यसको प्रतिपक्षी दललगायत अन्य असन्तुष्ट पक्षले गरेको विरोधसम्बन्धी जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले सबै समस्याको समाधान वार्ता र संवादबाटै गर्नुपर्नेमा जोड दिए ।
‘आवेश र उत्तेजनामा होइन देशको संविधान, कानून तथा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, संविधानभन्दा माथि कोही छैन,’ उनले भने । प्रधानमन्त्री ओलीलाई विमानस्थलको विशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उप्रप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अंगका प्रमुख, नेपाल सरकारका सचिव निमित्त परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिई फर्कने क्रममा शुक्रबार राति कतारको राजधानी दोहा आई प्गेका थिए ।
दोहा विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत डा रमेशप्रसाद कोइरालाले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले जुरिचस्थित इटिएच विश्वविद्यालयका अनुसन्धानकर्ता, नेपाली वैज्ञानिक तथा विद्यार्थीसँग नेपालमा व्यावसायिक तालीम संचालन गरी कसरी देशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिन्छ भन्नेबारेको छलफलमा भाग लिएका थिए । सो अवसरमा नेपालमा अनुसन्धान तथा व्यावसायिक तालीम सञ्चालन गरेका विश्वविद्यालयको स्वीस इकोनोमिक इन्स्टिचयुटका डा उर्सुला रेनोल्ड तथा नेपाली वैज्ञानिक रन्जन मिश्र, राकेशचन्द्र प्रजापति, सुयोग श्रेष्ठ र दण्डपाणि पौडेलले विभिन्न प्रकारका वैज्ञानिक आविष्कारबारे तथा ती प्रयोग गरी कसरी देशको अवस्थामा सुधार ल्याउन सकिन्छ भन्नेबारे जानकारी लिएका थिए ।
नेपाली विद्यार्थी भूउपग्रह बनाउने काममा समेत संलग्न रहेकोसमेत उनीहरुले जानकारी दिए । उनीहरुले सानोभन्दा सानो आविष्कारले पनि जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ र नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएका थिए ।

मा प्रकाशित !

देशभर वर्षा भोलि मात्रै मौसम खुल्ने

काठमाडौ ।  देशका विभिन्न भागमा गएराति देखि पानी परिरहेको छ ।
सुदुरपश्चिबाट सक्रिय हुँदै प्रवेश गरेको पश्चिमी बायुको प्रभावका कारण पानी परिरहेको हो ।
देशका मध्य र पश्चिमी भेगमा आज दिनभर नै पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौमा  पनि विहानसम्म ५ मिलिमिटर बर्षा मापन गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । हल्कादेखि मध्यमखालको वर्षा भएपनि ठूलो पानी भने नपर्ने उनले बताए ।
पानी परेकाले चिसो बढेको छ । पश्चिमी बायुको प्रभाव विस्तारै पूर्वतर्फ सर्दै गएकाले भोलि मध्य र पश्चिम क्षेत्रको मौसम सफा भएर पूर्वी क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ ।
सुदुरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी भेगमा हिमपात पनि भइरहेको मौसमविद् श्रेष्ठले बताएका छन् । वर्षा र हिमपातले जनजीवन प्रभावित बनेको छ ।

मा प्रकाशित !

टिक टकबाट उदाएकी प्रियंका

काठमाडौं । आउँदो ४ माघबाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’की नवोदित अभिनेत्री हुन् प्रियंका सिंह । उनले यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । नयाँ बानेश्वरकी प्रियंकालाई टिक टक भिडियो हेरेर निर्देशक सुवास कोइरालाले गरुड पुराणमा डेब्यु गराएका हुन् ।
उनी त्यतीबेला टिक टक (म्युजिकल्ली)मा निकै हिट थिइन् । त्यतिबेला सयौं टिक टक भिडियोमा उनको अभिनय निर्देशक कोइरालालाई मन परेको थियो । टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर चलचित्र गरुड पुराणमा चयन गरिएको हो ।
प्रियंकाका भनाइमा टिक टकमा अभिनय गरेको जस्तो सजिलो फिल्ममा नहुँदो रहेछ, ‘टिक टक त एक्लै बसेर बनाउ“दा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समुहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ’ उनले अनुभव सुनाइन् ।
चलचित्र गरुड पुराणमा उनीलाई सबै जसोले मन पराउँछन् । मुख्यतय फिल्मका अभिनेता कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पाउँछन् । पहिलो फिल्ममै आफुले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाईलो महसुस भएको पनि उनले बताइन् ।
प्रियंका स्वभावले कम बोल्न र आफैंमा रमाउने व्यक्ति हुन् । तर फिल्ममा उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन् । आफ्नो स्वभावभन्दा फरक भूमिका यो फिल्ममा निभाउँदाको अनुभवबारे उनले भनिन्,‘गरुड पुराणमा ज्योतीको भूमिका निर्वाह गरेपछि मैले आफुपनि त्यो चरित्र जस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरेँ । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्र्दैछु ।’
आफुलाई कर्मा, नाजिर, प्रविणसबैले अभिनय कार्यशालाको क्रममा धेरैकुरा सिकाएकाले पनि गरुड पुराणमा उहाँहरुसँग काम गर्न सजिलो भएको उनले बताइन् ।
म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियँका अहिले पूर्ण रुपमा सिनेमामै आबद्ध छिन् । उनलाई यो बीचमा केही फिल्मबाट प्रस्ताव आएको थियो । तर, पहिला गरुड पुराणको रिजल्ट हेर्ने र त्यसपछि अरु फिल्ममा काम गर्ने निर्णय लिएर आफु यही फिल्ममा व्यस्त रहेको यी नवोदित अभिनेत्रीले बताइन् ।

मा प्रकाशित !

साइबर सुरक्षा सम्बन्धी प्रस्तुतीकरण

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा प्रोफेसर डा. रामहरि सुवेदीद्वारा साइबर सुरक्षा सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले साइवर सुरक्षा अभियान निकै नै महत्वपूर्ण र प्रहरी संगठनका लागि फलदायी भएको चर्चा गरे । साइबर सुरक्षामा अन्य निकाय भन्दा नेपाल प्रहरीको दायित्व अझै बढी भएकोले कार्यक्रमका विषयवस्तुबाट बढी भन्दा बढी फाइदा लिई व्यवहारमा लागू गर्नुपर्नेमा उनले जोड दिए ।
प्रस्तुतीकरणबाट धेरै कुरा बुझ्ने मौका पाएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले साइबर सुरक्षासँग सम्बन्धीत प्रहरी कर्मचारीहरुले उनीसँग आवश्यक समन्वय गरी थप कुरा सिक्ने प्रयास गर्नुपर्ने उल्लेख गरे । साइबर सुरक्षासँग सम्बन्धीत बिषयवस्तु अति उपलब्धिमूलक रहेकोले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रोफेसर डा. सुवेदीबाट प्रहरी संगठनले समय पाउने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रोफेसर डा. सुवेदीले साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिए । जनस्तरमा यस अपराधबारेको वर्तमान अवस्था औंल्याउँदै उनले कसरी सावधानी अपनाउने सम्बन्धमा प्रस्तुतीकरण गरे । साइबर अपराधप्रति सजग भई सहकार्य गरेर सचेतना फैलाउन सके साइबर अपराध न्यूनिकरण गर्न सकिनेमा उनले जोड दिए ।
प्रस्तुतीकरण कार्यक्रममा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय अपराध महाशाखा लगायत विशिष्टिकृत साइबर सुरक्षासँग सम्बन्धीत कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

मा प्रकाशित !

अब साता दिनभित्रै नयाँ मिटर

काठमाडौ । नेपाल प्राधिकरणले अबदेखि आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।
प्राधिकरणले ‘सिंगल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको हो ।
प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिंगल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ । कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको पाइए कार्यकारी निर्देशक तथा क्षेत्रीय कार्यालयका प्रमुखलाई सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।
प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिंगल फेज मिटर प्रयोग गर्छन् । यसैगरी, थ्रि फेज र उद्योग तथा प्रतिष्ठानमा प्रयोग हुने ‘टिओडी’ नयाँ मिटर क्रमश ः १५ र ३० दिनभित्र उपलब्ध मात्रै गर्नेछैन, जडान नै गरिदिनुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जनाएका छन् ।
ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।
मुलुकभर विद्युतभार कटौतीको अन्त्यपछि प्राधिकरण विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिनेलगायतका काममा केन्द्रित भएको छ ।
चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने र महसुल बक्यौता असुलीमा कडाइ गर्दै आएको छ । यस्तै प्राविधिक चुहावट नियन्त्रण गर्न काठमाडौँ उपत्यका र प्रमुख शहरी क्षेत्रमा पाँच हजार नयाँ ट्रान्सफर्मर जडान गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
यस्तै वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरणको काम पनि अगाडि बढाइएको छ । सेवा सुधारका लागि ग्राहक सेवासम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको तथा घुस मागेको र घुस माग्दामाग्दै प्राधिकरणका कर्मचारी समेत पक्राउ पर्न थालेपछि प्राधिकरणले नया“ व्यवस्था गरेको हो । प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्ने व्यवस्थासमेत मिलाएको छ ।
हरेक वितरण केन्द्रले आफूले प्रदान गर्ने सेवा, कार्यसम्पादन अवधि र सम्पर्क व्यक्तिको नाम तथा सम्पर्क मोबाइल नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउ“मा राख्नुपर्ने नया“ व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार सिंगल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिनभित्र मर्मत गरिनेछ । यस्तै थ्रि फेजको तीन दिन र टिओडी १० दिनभित्रमा जडान/मर्मत गर्ने व्यवस्था समेत मिलाइएको छ ।
प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोबाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५० मा पनि उजुरी गर्न सकिने व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

मा प्रकाशित !

आठौँ राष्ट्रिय खेलकुद कार्यकारी समिति बैठक

काठमाडौं । प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदका लागि गठित आठौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिको तेस्रो बैठक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बस्यो ।
बैठकले जिल्लालाई जिल्ला छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । प्रदेशबाट राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी/प्रशिक्षक/व्यवस्थापक/संघ प्रतिनिधिको कोटा अनुमोदन गर्ने निर्णय गर्नुका साथै प्रदेश छनोट मिति र राष्ट्रिय खेलकुदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुदका लागि गठित विभिन्न उपसमितिहरुलाई एक हप्ता भित्र पूर्णता दिने तथा ओलम्पिक टर्चलाई विराटनगरबाट सबै प्रदेशमा पु¥याउने गरी लुम्बिनीहुँदै नेपालगन्जसम्म लाने निर्णय बैठकले गरेको छ । प्रदेश छनोट र राष्ट्रिय खेलकुदका साथै दक्षिण एसियाली खेलकुद (साग) सम्म खेलाडी दुर्घटना विमा गर्ने निर्णय भएको छ । मुख्य मिडिया सेन्टर नेपालगन्जमा स्थापना गर्ने, पदक र पोशाक छनोट उप समितिबाट छनोट भएका नमुनालाई छलफल गरी अनुमोदन गर्ने तथा एनआरएन खेलाडी सहभागिताका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रलयसंग समन्वय गरेरे टुंगो लउाउनेलगायतका निर्णय भएको छ ।

मा प्रकाशित !