आइतवार, मंसिर २२, २०७६
जोडिनुहोस

blogs

मन्त्रिपरिषद्ले गरेका १४ निर्णय

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि जिङ् फिङको नेपाल भ्रमणको दुबै देशका तर्फबाट उच्च प्राथमिकता साथ तयारी भैरहेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही असोज ७ गतेको बैठकका निर्णयहरू सार्वजनिक गर्न विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नको जवाफमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले यसै वर्ष भित्र चीन सरकारका तर्फबाट उच्चस्तरीय भ्रमणको तयारी भएपनि भ्रमणको मिति निर्धारण हुन बाँकी रहेको बताए ।

सरकारले यस वर्षलाई उच्चस्तरीय भ्रमणको आदानप्रदानको वर्षका रूपमा लिएर कुटनीतिक मामिला सञ्चालन गरिरहेको बताउनुहुँदै मन्त्री बाँस्कोटाले यसै वर्षभित्र चीन, भारत तथा अन्य मित्रराष्ट्रहरू बाट समेत उच्चस्तरीय भ्रमणहरू हुने बताए ।

  1.  नेपाल ट्रस्ट ९पहिलो संशोधन० नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
  2.  मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ ।
  3.  एसिड आक्रमणबाट घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ ।
  4.  चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा। नं। १६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि २०७६ मंसिर १४ गते शनिबार उपनिर्वाचन हुने गरी मिति तोक्ने र सोको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरिएको छ ।
  5.  नेपाली नागरिकहरु नारायणप्रसाद अर्जल र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्न स्वीकृति दिइएको छ ।
  6. प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरिएको छ ।
  7.  उपरथी प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गर्ने निर्णय गरिएको छ ।
  8.  नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायलको हिब्रु लेखक संघबीच वाङ्मय आदानप्रदान तथा सहकार्य गर्ने सम्बन्धी प्रस्तावित समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई स्वीकृति दिइएको छ ।
  9.  नेपाल सरकार र अस्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।
  10.  शहरी पूर्वाधार विकास निगमको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।
  11. राजकीय अतिथि गृह निर्माण गर्न तयार गरिएको गुरुयोजना स्वीकृत गरिएको छ ।
  12.  पूर्व राष्ट्रपति डा। रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दुतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ ।
  13. सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।
  14.  एकल महिला सुरक्षा कोष ९सञ्चालन० ९पहिलो संशोधन० नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका छन्।

‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ, उनले भने, ‘लगानी भित्र्याएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्नसक्नुपर्छ।’ करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो।
शैली र संस्कार बदल्न सबैले मेहनत गर्नै पर्ने बताउनुहुँदै नेपालमा जनता, कार्यकर्ता र नेताले आन्दोलनबाट परिवर्तन गर्ने तर केही वर्षमा पुरानो संरचना जस्तै भुत्ते बनाउने गरेको बताए ।

ग्यासको मूल्य सरकारले घटायो व्यवसायीले घटाएन ?

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको पाइएको नेपाल आयल निगमले जनाएको छ ।
खुद्रा पसलले ग्यासको मूल्य नघटाए निगमले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति सार्वजनिक गरेको छ । निगमले असोज ३ गते निर्धारण गरेको मूल्यअनुसार बिक्री नगरिए कानुनबमोजिम कडा कारबाही गरिने निगमका प्रवक्ता वीरेन्द्र गोइतको बताउनुभयो । चाडवर्पका बेला उपभोक्तालाई राहत हुने आशयले मूल्य घटाइएको तर व्यापारीबाट त्यसको कार्यान्वयन नभएको सुन्नमा आएकाले निगमले अनुगमन गरिरहेको उहाँको भनाइ छ ।
निगमले असोज ३ गते राति १२ बजेबाट लागू हुने गरी प्रतिसिलिन्डर २५ रुपियाँ घटाएको थियो । प्रतिसिलिन्डर १३ सय ७५ रुपियाँमा बिक्री हुँदै आएको ग्यासलाई २५ रुपियाँ घटाएपछि अब १३ सय ५० मा झारिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्यअनुरूप भदौ १५ गते इन्डियन आयल कर्पोरेसनबाट निगमलाई प्राप्त हवाई इन्धन र एलपी ग्यासको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको थियो । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी निगमले अन्तर्राष्ट्रिय हवाई उठानतर्फको इन्धनको मूल्य पनि घटाएको थियो ।

टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको छ ।

महासङ्घको प्रदेश नं ३ कार्यालयको आज कोटेश्वरमा उद्घाटनका अवसरमा अध्यक्ष होमप्रसाद अधिकारीले महासङ्घको लोगो अङ्कित निलो ट्रयाकसुुट लगाएका व्यक्तिसँग आधिकारिक काउन्टरबाट टिकट लिएमा यात्रुुले दुुःख झेल्ने र ठगिनुपर्ने अवस्था नआउने स्पष्ट पारे ।

यात्रुुले अनावश्यक हैरानी खेप्नुु नपरोस् भन्ने हेतुुले लामा तथा मध्यम दूरीमा चल्ने महासङ्घ मातहतका सवारी साधनको टिकट काउन्टरमा बस्ने कर्मचारीको पहिचानका लागि पोशाक वितरण गरिएको उनले बताउए ।

टिकट काउन्टरमा बस्ने करीब ५० जनालाई महासङ्घको लोगो अङ्कित पोशाक प्रदान गरिएको वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर तिमिल्सिनाले जानकारी दिए ।

चाडपर्व मनाउन आफ्नो घर जान लागेका यात्रुुलाई टिकट काट्ने नाममा अनावश्यक दुुःख दिने, टिकट दिने सिट उपलब्ध नगराउने, यात्रुुलाई तानातान गरेर हैरानी बनाउने प्रवृत्तिलाई निरुत्साहन गर्न कर्मचारीलाई पोशाक वितरण गरिएको उपाध्यक्ष तिमिल्सिनाले बताए।

मुुलुकमा विभिन्न भागमा सवारी साधन सञ्चालन गर्ने ८० भन्दा बढी विभिन्न यातायात प्रालि महासङ्घमा आबद्ध छन् । महासङ्घसँग आबद्ध प्रालिबाट लामो, मध्यम र छोटा दूरीका गरी करीव २० हजारको सङ्ख्यामा सवारी साधन सडकमा गुुड्दै आएको बताइएको छ ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद ढकालले यात्रुुलाई सुरक्षित ढङ्गबाट चाडपर्व मनाउन जाने र फर्कने वातावरण मिलाउने सरकारको नीतिलाई अनुुशरण गरेको भनी महासङ्घका पदाधिकारीलाई धन्यवाद दिए ।

यात्रुलाई सुुविधासाथ निर्धारित समयमा तोकिएको स्थानमा पुु¥याउन बिग्रिएका सडक र पुलपुुलेसा बाधक रहेको हुुँदा कतिपय स्थानमा तत्काल सुुधारको आवश्यकता देखिएको भनी सो अवसरमा यातायात व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराए । राससबाट

विदेशमा बसेर नेपाली बैंक ह्याकिङ गर्ने योजना बनेको खुलासा

काठमाण्डौ । कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र १ भारतीय नागरिक छन् । घटनाका मुख्य अभियुक्त भने पक्राउ परेका छैनन् । प्रहरीले लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई पक्राउ गरेको छ। उनीहरुबाट ४० लाख ५० हजार बरामद भएको छ।

विदेशी नागरिक (काले)भन्ने पिटर ले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलेको छ।

उनले ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए। उनले प्रणाली ह्याक गरी पैसा लुट्ने योजना बाएका थिए। उनले विभिन्न नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा क्रेडिन्सियल ह्याकिङ गरी रकम निकाली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको छ। पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको छ।

पिटलले मुम्बइमा बसी नेपालका मानिसहरुसँग सम्पर्क गरेको भेटिएको छ। उनले भारतमा उनीहरुलाई बोलाइ मिटिङ गर्ने र कमिसन डिल गर्ने गरेको भेटिएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको रकम विभिन्न नेपाली ब्यक्तिहरुको नाममा निकाली १५ देनखि ३५ प्रतिशतसम्म कमिसन दिइ हुन्डिमार्फत बाँकी पैसा भारत लैजाने गरेको फेला परेको छ।

राष्ट्र बैंकले लुटको अध्ययन गर्ने जिम्मा बैंक सुपरिवेक्षण विभागलाई जिम्मा दिएको छ। पक्राउ पर्नेमा बैंकबाट व्यक्तिको खातामा ट्रान्सफर भएको पैसा निकाल्ने तथा निकाल्न सहयोग गर्नेहरू छन् । क–कसको खातामा पैसा ट्रान्सफर भएको थियो भन्ने कुरा प्रहरीले खुलाएको छैन ।

इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो ।

“मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ,” पपुवाका सैन्य प्रवक्ता एको दारियान्तोले बताए ।

घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । भवनहरूको आगो निभाइ सकिएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्नसक्ने प्रारम्भिक सूचना आफूले पाएको दारियन्तोले बताए ।  एएफपी/राससबाट

दशैँसम्म मनसुन रहने !

काठमाण्डौ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्रिय रहने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । ‘मनसुन सक्रिय भए पनि निरन्तर भारी वर्षाको सम्भावना छैन, देशभर हल्का र छिटपुट वर्षा हुनेछ’, उनले भने ।

पश्चिम नेपालबाट पूर्वी नेपालतर्फ जलवाष्पयुक्त हावा सर्दै जानुलाई मनसुन सकिने सङ्केतका रुपमा लिने गरिन्छ । केही दिनअघि देखि अरेबियन तथा बङ्गालको खाडीबाट जलवाष्प निरन्तर आइरहेकाले मनसुनको समय लम्बिने सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षा भइरहेको छ । राससबाट

खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाण्डौ । अर्थमन्त्री डा।युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी एक भएर सहकारी ढाँचामा व्यवसाय गर्न आग्रह गरे ।

‘अब खुद्रा व्यापारी पनि सङ्गठित हुनुपर्छ, सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ’, उनले भने, ‘सहकारी ‘मोडल’मा गएपछि ठूला खुद्रा बिक्रेतासँग प्रतिस्पर्धा गर्न पनि सहज हुन्छ ।’ खुद्रा व्यापारमा नेपाली पूँजीको प्रवद्र्धन गर्न यस क्षेत्रमा विदेशी लगानीमा रोक लगाइएको स्पष्ट पार्दै अर्थमन्त्रीले स्वदेशी ठूला व्यापारीसँग प्रतिस्पर्धा गर्न खुद्रा व्यापारी पनि सङ्गठित भएर लाग्नुपर्ने बताए । खुद्रा व्यापारमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले व्यापारिक सीमा र मर्यादाभित्र रहेर कारोवार गर्न आग्रह गरे ।

उनले कानूनले सबै व्यापारीलाई समान नजरले व्यवहार गर्ने बताए । ‘यसअघि सानालाई ऐन, ठूलालाई चैन थियो होला’, उनले भने, ‘तर अहिले ठूला तथा साना सबैलाई ऐन आकर्षित हुन्छ । सानाको नाउँमा खुद्रा व्यापारीलाई पनि चैन हुँदैन ।’ बजारलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्दै अर्थमन्त्री डा।खतिवडाले भने, ‘अब सबै सुध्रने हो, पहिला हामी सुध्रन्छौँ, अनि व्यापारी पनि सुध्रनुपर्छ ।’

व्यापार व्यवसायलाई पारदर्शी बनाउन सरकारले ‘प्यान’ र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली ‘भिसिटिएस’ लागू गरेको उल्लेख गर्दै उनले कोही पनि व्यवसायी त्रासमा हुनु आवश्यक नभएको बताए । बजार अनुगमनका क्रममा ज्यादती गरिएको पाइए कारवाही हुनेमा विश्वस्त गराउँदै उनले अनुगमन टोली आउँदा नडराउन आग्रह गरे ।

मूल्यसूची राख्ने, बिलबिजक जारी गर्ने विषयमा व्यापारी प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री खतिवडाले सरकार खुद्रा व्यापारीलाई सहजीकण गर्न तयार रहेको बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले खुद्रा व्यवसायीलाई व्यापारमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । उनले उपभोक्ता हितको बर्खिलाप नहुने गरी व्यापार गर्न खुद्रा व्यापारीलाई सचेत गराए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले सरकारले ल्याएको ऐन, नियम, कानूनका बारेमा पर्याप्त जानकारी नराख्दा व्यापारीले अनावश्यक झमेला खेप्नु परेको उल्लेख गर्दै अब उप्रान्त सामान खरीदबिक्री गर्दा अनिवार्यरुपमा बिलबिजक जारी गर्न आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले खुद्रा व्यापारीलाई सङ्गठित भएर व्यापार व्यवसायमा लाग्न आग्रह गरे । भूलवश हुने गल्तीको पनि व्यापारीले ठूलो सजाय भोग्नु परेको उदाहरण दिँदै उनले चर्को जरिवाना र कैदको व्यवस्थाले व्यापारीमा त्रास सिर्जना गरेको बताए । ‘बिल बिनाको सामान खरीद र बिक्री नगर्न सङ्घले आफ्ना सदस्यलाई सचेत गराउनुपर्छ’, उनले भने ।

कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले सरकारले बजार व्यवस्थित गर्ने नाउँमा ल्याएको नयाँनयाँ प्रावधानले व्यवसायीलाई भय पैदा गरेको बताउँदै खुद्रा व्यापारीलाई अप्ठ्यारोमा पार्नेभन्दा पनि सरकारी व्यापारमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले खुद्रा व्यापारीको कारोवारको सीमा रु ५० लाखबाट बढाएर रु एक करोड पु¥याउन आग्रह गरे । सो अवसरमा यस वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन खुद्रा व्यापारीका चार सन्ततिलाई ‘स्व गङ्गाबहादुर मानन्धर छात्रवृत्ति’ प्रदान गरिएको थियो । छात्रवृत्ति प्राप्त गर्नेमा आश्या प्रजापति, आयुश्मा प्रजापति, रुविसा कर्माचार्य र कल्याण खनाल रहेका छन् ।राससबाट

दशैंमा बाहिरिने यात्रुका लागि ‘नागरिक सहायता कक्ष’ शुरु

काठमाण्डौ । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार अग्रिम टिकट शुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । आजबाट कलङ्की र बल्खुमा कक्ष शुरु भएको छ ।

बुधबारबाट थप १४ स्थानमा कक्ष शुरु गर्ने योजना रहेको विभागले जनाएको छ । यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरु भए पनि अहिलेसम्म खासै समस्या नआएको उनले बताए । उनले भने, ‘धेरै ठाउँमा कक्ष खोलिएपछि गुनासो आउन सक्छ ।’

यात्रुले टिकट काउन्टर पुगेको दुई घण्टाभित्रमा टिकट काटिसक्ने गरी व्यवस्था मिलाइएको महानिर्देशक हमालले बताए । नयाँ बसपार्कमा पहिलो दिन धेरै भीडभाड भए पनि अहिले भीड कम भइसकेको छ । विभागले दशैँ लक्षित गरेर अनुगमनलाई तीव्र बनाएको बताइएको छ । राससबाट

राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको आरोप छ ।

अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञको हिँडडुलमा पनि प्रतिबन्धहरू लगाउँदै राष्ट्रसंघको मुख्यालय रहेको परिसरभित्रै रहनुपर्ने उल्लेख गरेको प्रवक्ता मोर्गन ओर्टागुसले बताउनु भएको छ ।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाको यो कदम अनुचित भएको बताउनु भएको छ । क्युबा यी कूटनीतिज्ञलाई देशनिकाला गर्ने यस कदमबाट तनाव उत्पन्न हुने स्पेनिश भाषामा गरेको ट्वीटमा उहाँले बताउनु भएको हो ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता अमेरिकाले क्युबामाथि दबाव बढाउँदै लगेको छ । अमेरिकाले सेप्टेम्बर २०१७ मा क्युबाबाट आफ्ना अधिकांश कूटनीतिज्ञ फिर्ता बोलाएको छ । ट्रम्पले १५ क्युबाली कूटनीतिज्ञलाई पनि अमेरिकाबाट निकालेका छन् ।

क्युबाली कुटनीतिज्ञलाई देश निकाला गर्ने यो पछिल्लो कदम संयुक्त राष्ट्रसंघको न्युयोर्कमा हुन लागेको ७४ औं महासभाको पूर्वसन्ध्यामा गरिएको छ ।

संयुक्त राष्ट्रसंघले जारी गरेको एक विज्ञप्तिमा यस प्रकारको परिस्थिति जारी रहेको र देश निकाला भएको पुष्टि गर्नु बाहेक यस बिषयमा कुनै टिप्पणी नगर्ने जनाएको छ । राससबाट